Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित

$
0
0

काठमाडौं, ३ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार २७८ महिला र पुरुष ४३३ पुरुषमा संक्रमण पुष्‍टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ५७० जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी भक्तपुरमा ८३ र ललितपुरमा ५८ जनामा संक्रमण पुष्‍टि भएको छ ।

पछिल्ला दिनहरुमा काठमाडौंमा संक्रमणको दर व्यापक रुपले बढेको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल १२०४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।

The post काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles