आजको समयमा सबै मानिसहरुको आ-आफ्नै समस्याहरु हुन्छन् । यस्तो अवस्थामा केही समस्याहरु यस्ता पनि छन् जसको बारेमा हामी नचाहेर पनि सधैं सोचिरहेका हुन्छौं ।
तिनै कारणले गर्दा टाउको दुख्ने समस्याहरु लगातार उत्पन्न भइरहन्छन् । धेरैपटक त अफिसको कामका कारण पनि धेरै तनाव हुन्छ, त्यसैले गर्दा टाउको दुख्ने समस्या सामान्यजस्तै भएको छ ।
आज हामी तपाईलाई टाउको दुख्ने समस्याबाट छुटकारा पाउनको लागि केही घरेलु उपायहरुका बारेमा बताउन गइरहेका छौं, जसलाई अपनाएर तपाईले चाँडै नै यस रोगबाट मुक्ति पाउन सक्नुहुन्छ । तपाईं यी उपायहरुको प्रयोग कुनै पनि समय र जुनसुकै स्थानमा गर्न सक्नुहुन्छ ।
यी उपायहरु अपनाउनुहोस् –
१. कालो मिर्ची र पुदिना चियाको सेवन गर्नाले टाउको दुखाइबाट राहत पाउन धेरै सहयोग गर्छ । यस बाहेक, तपाईं कालो चियामा केही पुदिनाका पातहरू राखेर पनि पिउन सक्नुहुन्छ । यसको साथसाथै अदुवा राखेको चियाले पनि टाउकोदुखाईको समस्याबाट ठूलो राहत मिल्छ ।
२. एक्युप्रेशर पनि टाउको दुखाइ कम गर्न धेरै सहयोगी हुन्छ। टाउको दुखेका बेलामा तपाईले आफ्ना दुवै हातहरूलाई अगाडि ल्याउनुहोस् । त्यसपछि, एक हातले अर्को हातको बूढी औंला र चोर औंलाका बीचमा हल्का मालिश गर्नुहोस् । दुवै हातहरूमा दुईदेखि चार मिनेटसम्म यो प्रक्रिया दोहोर्याउनुहोस् । यसो गर्नाले तपाईलाई टाउको दुखाइबाट राहत मिल्छ ।
३ तुलसी हरेक कुराहरुका लागि धेरै लाभदायक मानिन्छ । तुलसी राखेर चिया पनि पिउन सकिन्छ तर टाउको दुख्ने समस्याबाट राहत पाउनको लागि भने उमालेको पानीमा तुलसी राखेर पिउनुहोस् । तुलसीको पानी धेरै प्रभावकारी हुन्छ ।
४ घरको मसलाको बाकसमा पाइने ल्वाङ धेरै फाइदाजनक हुन्छन् । ल्वाङका केही कोपल्स तताउनुहोस् र त्यसपछि, तातो ल्वाङको कोपिलालाई रूमालमा बाँधी बेलाबेलामा सुँघिरहनुस् । टाउको दुखाइबाट तपाईले छिट्टै राहत पाउनुहुनेछ ।
५ थोरै मात्रामा पानी पिउँदा केही समयको लागि टाउको दुखाइबाट पनि राहत पाउन सकिन्छ । एकचोटि तपाईंको शरीर हाइड्रेटेड भयो भने, टाउको दुख्ने क्रम विस्तारै कम हुन थाल्छ ।
६. यदि धेरै कोसिसबाट पनि टाउको दुखाइ घटेको छैन भने स्याउ काट्नुहोस् र यसमा नुन राखेर खानुहोस् । टाउको दुखाइबाट राहतका लागि यो अत्यन्त प्रभावकारी उपाय हो ।
The post लगातार टाउको दुखिरहने समस्या छ भने यी घरेलु उपायहरु अपनाउनुहोस् appeared first on Sajha Post.