काठमाडौं, १ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार २२४ महिला र ३९४ पुरुष गरी ६१८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ५०७ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्ला दिनहरुमा काठमाडौंमा संक्रमणको दर व्यापक रुपले बढेको छ । काठमाडौंमा मात्र सक्रिय संक्रमितको संख्या ५००० नाघिसकेको छ ।
नेपालमा भने पछिल्लो २४ घण्टामा कुल १२४६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।
The post काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित appeared first on Sajha Post.