Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

हालसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो

$
0
0

काठमाडौं, ३१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै दैनिक संक्रमित थपिएका छन् । थप १ हजार ५३९ जनामा संक्रमण पुष्‍टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।

बुधबारसम्म ७ हजा ८२० जना क्‍वारेन्टाइनमा रहेका छन् भने १६ हजार २४२ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ४९४ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ८ लाख ७२ हजार २७४ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ८ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३७९ पुगेको मन्त्रालयले जनाएको छ ।

The post हालसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles