Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

२४ घण्टाभित्र थप ९ संक्रमितको मृत्यु

$
0
0

काठमाडाैं, २८ भदाै । पछिल्लो २४ घण्टाभित्र थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ३ महिला र ६ पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित पत्रकार सम्मेलनमा दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३९ जना नयाँ संक्रमित थपिँदा १ हजार १७३ जना निको भएका छन् ।

आइतबारसम्म नेपाल कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ भने १५ हजार ११७ जना संक्रमित रहँदा ३८ हजार ६९७ जना निको भइसकेका छन् ।

The post २४ घण्टाभित्र थप ९ संक्रमितको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles