अदुवा स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसमा पाइने तत्वहरु धेरै समस्याका लागि फाइदाजनक सावित हुने गर्छन् । केबल एक टुक्रा अदुवा सेवन गर्दा निम्न फाइदा हुने गर्छन्-
१. अदुवा खानाले कोलेस्ट्रोलको लेभल कम हुन्छ । त्यसैले यसले हृदयघातक समस्याबाट जोगाउँछ ।
२. अदुवामा थर्मोजेनिक तत्व पाइन्छ । त्यसैले यसले तेजीसँग बोसो पगाल्न सक्छ । नियमित अदुवा सेवन गरेर तौल घटाउन सकिन्छ ।
३. अदुवामा एन्टि इन्फ्लामेटरी गुण हुने भएकाले यसले जोर्नीको दुखाइबाट जोगाउँछ ।
४. यसमा पाइने फस्फोरसले दाँतलाई बलियो बनाउँछ र गिजा सम्बन्धी समस्याबाट टाढा राख्छ ।
५. यसले शरीरको प्रतिरोधात्मक क्षमताको पनि वृद्धि गर्छ । साथै यसले रुघा खोकी जस्ता संक्रमणबाट समेत बचाउँछ ।
६. यसमा एन्टिसेप्टिभ गुण हुने भएकाले छाला सम्बन्धी समस्याबाट बचाउँछ । पिम्पल हटाउन पनि यसले मद्दत गर्छ ।
७. अदुवामा आइरन हुने भएकाले रगतको कमीका कारण हुने एनिमियाबाट बचाउँछ ।
तर कतिपय अवस्थामा मानिसले यसलाई सेवन गर्नु हानिकारक पनि हुन सक्छ । विशेषगरी निम्न अवस्थामा अदुवा सेवन निकै घातक हुने गर्छ:
जसलाई महिनावारी सम्बन्धी समस्या छ
अदुुवाले शरीरमा धेरै गर्मी पैदा गराउन सक्छ र यसले पोल्ने पनि हुन्छ । यसकारण महिनावारी समस्या भएका महिलाहरुले अदुवा नखाएको राम्रो मानिन्छ ।
जसलाई एसिडिटी छ
अदुवा धेरै सेवन गर्दा शरीरमा एसिडको मात्रा बढ्छ । त्यसकारण एसिडिटी जस्तो पेटको समस्या भएकाले अदुवा खानु उचित हुँदैन ।
मधुमेहका बिरामीले
अदुवा धेरै सेवन गर्दा रगतको सुगर लेभल बढ्छ । त्यसैले मधुमेहका बिरामीले अदुवा खानु हुँदैन ।
The post यस्ता छन् एक टुक्रा अदुवाका ७ फाइदा, तर यस्तो अवस्थामा सेवन गर्नु हानिकारक ! appeared first on Sajha Post.