काठमाडौं, २४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९१८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ ।
बुधबारसम्म ५ हजार ४८० जना क्वारेन्टाइनमा रहेका छन् भने १५ हजार २५ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ११ हजार १६७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ७ लाख ९९ हजार ३४१ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
थप ६ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३१२ पुगेको मन्त्रालयले जनाएको छ ।
The post बुधबार १०८१ कोरोना संक्रमित थपिँदा ९१८ जना डिस्चार्ज, कुल संक्रमित ४९ हजार नाघे appeared first on Sajha Post.