आयोडिनले मानिसको शारीरिक विकासमा महत्वपूर्ण भूमिका निभाउँछ । गर्भमा रहेको अवस्थादेखि नै मानिसलाई यसको आवश्यकता पर्छ । यसको कमीले थाइराइड ग्रन्थी प्रभावित भएर हाइपोथाइराइड, गलगाँडजस्ता रोगहरु उत्पन्न हुन्छन् ।
धेरै मानिसलाई आयोडिनको कमी आयोडिन नुनले मात्र पुरा गर्नसक्ने भ्रम छ तर यसका अलवा अन्य पाँच तत्व छन् जसले शरीरमा आयोडिनको कमीलाई पुरा गर्न सक्छ ।
आलु आयोडिनको प्राकृतिक स्रोत हो । बोक्रासँगै उसिनेको आलु खाएमा त्यसले आयोडिनको कमीलाई पुरा गर्छ ।
समुद्रबाट मिल्ने खाद्य सामाग्रीहरुमा प्रशस्तै आयोडिन पाइन्छ । माछा, झिंगे र सब्जीहरुमा वीड, केल्प, लेहुहरुमा आयोडिन पाउन सकिन्छ ।
केरामा पोटासियम र आयोडिन प्रशस्तै पाइन्छ । यसमा लगभग ३ माइक्रोग्राम आयोडिन हुन्छ एउटा व्यक्तिको दैनिक आयोडिन आवश्यकताको २ प्रतिशत परिपूर्ति गर्छ ।
त्यस्तै अण्डामा करिब २४ प्रतिशत माइक्रोग्राम आयोडिन पाईन्छ जसले दैनिक आवश्यकताको १६ प्रतिशत प्रदान गर्छ ।
सिमी र बोडीको सब्जीमा आयोडिन काफी मात्रामा पाइन्छ । यसमा भएको फाइबरले खानालाई राम्ररी पचाउन मद्दत पुर्याउँछ । आधा कप सिमीमा करिब ३२ माइक्रोग्राम आयोडिन हुन्छ जसले दैनिक आवश्यकताको २० प्रतिशत शरीरमा प्रदान गर्छ ।
The post आयोडिनको कमीलाई पुरा गर्ने यी हुन् पाँच खाद्य तत्व appeared first on Sajha Post.