काठमाडौं, १४ भदौ । नेपालमा ११ जिल्लामा ५०० भन्दा माथि कोरोना संक्रमितहरुले उपचार गराइरहेका छन् ।
५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, चितवन, रुपन्देही र ललितपुर रहेका छन् । रुपन्देही र चितवन आइतबार थपिएका हुन् ।
यस्तै दुईवटा जिल्लाहरुमा संक्रमितको संख्या शून्य रहेको छ । संक्रमितको संख्या शून्य रहेका जिल्लाहरुमा मुस्ताङ र हुम्ला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पोजेटिभ संक्रमितमध्ये मृत्यूदर ०.६ रहेको छ । कुल परीक्षण गरेकामध्ये ५.७ प्रतिशतमा कोरोना संक्रमण देखिने गरेको छ । प्रति दश लाख जनसंख्यामा ७.६ जनाको कोरोनाबाट मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितमधये ६ हजार ९०६ जना होम आइसोलेसनमा रहेका छन् भने १६१ जनाको अवस्था गम्भीर रहेको छ । अस्पतालको भेन्टिलेटर र आईसियुमा रहेका उपचार गरिरहेका गम्भीर बिरामीको संख्या प्रदेश १ मा २० जना रहेका छ ।
त्यस्तै प्रदेश २ मा ३८ जना, बागमती प्रदेशमा ८२ जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा १८ जना आईसियु र भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
प्रदेशअनुसार कोरोना संक्रमितको अवस्था-
The post ११ जिल्लामा ५०० भन्दा संक्रमित अस्पतालमा, यस्तो छ ७७ जिल्लाको पछिल्लो अवस्था appeared first on Sajha Post.