Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

९ जिल्लामा ५०० भन्दा संक्रमित अस्पतालमा, दुई जिल्लामा संक्रमित शून्य, यस्तो छ ७७ जिल्लाको अवस्था

$
0
0

काठमाडौं, १३ भदौ । नेपालमा ९ जिल्लामा ५०० भन्दा माथि कोरोना संक्रमितहरुले उपचार गराइरहेका छन् । ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं र ललितपुर रहेका छन् ।

यस्तै दुईवटा जिल्लाहरुमा संक्रमितको संख्या शून्य रहेको छ । संक्रमितको संख्या शून्य रहेका जिल्लाहरुमा मुस्ताङ र हुम्ला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पोजेटिभ संक्रमितमध्ये मृत्यूदर ०.५ रहेको छ । कुल परीक्षण गरेकामध्ये ५.६ प्रतिशतमा कोरोना संक्रमण देखिने गरेको छ । प्रति दश लाख जनसंख्यामा ७ जनाको कोरोनाबाट मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमधये ६ हजार ४४५ जना होम आइसोलेसनमा रहेका छन् भने १९७ जनाको अवस्था गम्भीर रहेको छ । अस्पतालको भेन्टिलेटर र आईसियुमा रहेका उपचार गरिरहेका गम्भीर बिरामीको संख्या प्रदेश १ मा १८ जना रहेका छ ।

त्यस्तै प्रदेश २ मा ३८ जना, बागमती प्रदेशमा ९५ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १९ जना, कर्णालीमा २४ जना आईसियु र भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

प्रदेशअनुसार कोरोना संक्रमितको अवस्था-

The post ९ जिल्लामा ५०० भन्दा संक्रमित अस्पतालमा, दुई जिल्लामा संक्रमित शून्य, यस्तो छ ७७ जिल्लाको अवस्था appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles