Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा शिशु

$
0
0

चितवन, १२ भदौ । भरतपुर अस्पतालमा एकजना कोरोना संक्रमित महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । भदौ ८ गते कोरोना संक्रमण पुष्‍टि भएर भदौ ९ गते अस्पतालमा भर्ना भएकी गोरखा नगरपालिका-१० छेपेटारकी ३७ वर्षीया महिलाले जुम्ल्याहा शिशु जन्माएकी हुन् ।

शल्यक्रियामार्फत जन्मेका शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

अहिले बच्चा र आमालाई छुट्टै राखिएको र आमाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्र भेट्न दिइने बताइएको छ ।

अस्पतालमा कोरोना संक्रमण पुष्‍टि भएपछि शल्यक्रिया गरी शिशु जन्मिएको यो पहिलो घटना भएको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालमा गर्भवती महिलाको संख्या बढ्दै गएपछि कोभिड र ननकोभिड दुवै शल्यक्रिया कक्षको स्थापना गरिएको छ ।

The post कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा शिशु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles