Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बिहीबार थपिए ११११ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ३५ हजार नाघ्यो

$
0
0

काठमाडौं, ११ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ५६९ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ ।

बिहीबारसम्म ९ हजार ४८८ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १५ हजार २७३ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ६२९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ६ लाख ४७ हजार ८८१ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ८ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या १८३ पुगेको मन्त्रालयले जनाएको छ ।

The post बिहीबार थपिए ११११ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ३५ हजार नाघ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images