काठमाडौं, ९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ८५५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ ।
मङ्गलबारसम्म १० हजार ४५३ जना क्वारेन्टाइनमा रहेका छन् भने १४ हजार २५० जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ११ हजार ४३२ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ६ लाख २१ हजार ९०१ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
थप ७ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या १६४ पुगेको मन्त्रालयले जनाएको छ ।
The post मङ्गलबार थप ८५५ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३३ हजार नाघ्यो appeared first on Sajha Post.