काठमाडौं, १ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ५८१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १६० जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको छ ।
सोमबारसम्म १५ हजार १९८ जना क्वारेन्टाइनमा रहेका छन् भने ९६३९ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ११ हजार ५२० नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ५ लाख २९ हजार ४२७ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
थप तीनजनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या १०७ पुगेको मन्त्रालयले जनाएको छ ।
The post सोमबार थपिए ५८१ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २७ हजार नाघ्यो appeared first on Sajha Post.