Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शुक्रबार थप ५९४ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २५ हजार नाघ्यो

$
0
0

काठमाडौं, ३० साउन । नेपालमा पछिल्लो २४ घण्टामा ५९४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २४० जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

शुक्रबारसम्म १४ हजार ६३८ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ७९१३ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ८५९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख ८३ हजार २८ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप चारजनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ९९ पुगेको मन्त्रालयले जनाएको छ ।

The post शुक्रबार थप ५९४ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २५ हजार नाघ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles