Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बिहीबार थप ५२५ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २४९५७

$
0
0

काठमाडौं, २९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १०९ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ८३७ पुगेको छ ।

बिहीबारसम्म १४ हजार ७६९ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ८ हजार २५ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ८५९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख ८३ हजार २८ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ४ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ९५ पुगेको मन्त्रालयले जनाएको छ ।

The post बिहीबार थप ५२५ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २४९५७ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles