Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

आइतबार थपिए ३८० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २२९७२

$
0
0

काठमाडौं, २५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३८० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ४० जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६ हजा ३५३ पुगेको छ ।

आइतबारसम्म ११ हजार ३८ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ६ हजार ५४४ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ५१५ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख ४३ हजार ८०४ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप दुईजनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ७५ पुगेको मन्त्रालयले जनाएको छ ।

The post आइतबार थपिए ३८० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २२९७२ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles