Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ कोरोना संक्रमित थपिए

$
0
0

काठमाडौं, २४ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५६ जनामा कोरोना संक्रमण भेटिएको छ । त्यस्तै ललितपुर र भक्तपुरमा ३/३ जना संक्रमित थपिएको गौतमले जानकारी दिए ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा ३७८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ४९९ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ पुगेको छ ।

शनिबारसम्म १० हजार ७९२ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ६ हजार २०६ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ७८८ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख ३५ हजार २८९ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप तीनजनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ७३ पुगेको मन्त्रालयले जनाएको छ ।

The post पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ कोरोना संक्रमित थपिए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles