Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शुक्रबार थप २२४ जनामा कोरोना संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या १९७७१

$
0
0

काठमाडौं, १६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २४४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ७७१  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ३९९ पुगेको छ ।

शुक्रबारसम्म १२ हजार १११ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ७६८ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ३ लाख ७५ हजार ४१६ नमूनाको  पिसिआर परीक्षण सम्पन्‍न भएको छ ।

थप चार जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ५६ पुगेको छ । पछिल्ला १० दिनमा यो १६औं मृत्यु हो ।

The post शुक्रबार थप २२४ जनामा कोरोना संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या १९७७१ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles