काठमाडौं, ७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा १०० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २०७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६८४ पुगेको छ ।
बुधबारसम्म २० हजार ८४२ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३६८ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ७७९ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म ३ लाख २७ हजार ६१४ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ छ । चर्काे विराेध हुन थालेपछि अहिले आरडिटी परीक्षण गर्न भने बन्द गरिसकिएकाे छ ।
थप दुइजनाकाे संक्रमणका कारण मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४२ पुगेको छ ।
The post बुधबार थपिए १०० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १८ हजार नाघ्यो appeared first on Sajha Post.