Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मनसुनमा यसरी हराउन सक्छ कपालको चमक, अपनाउनुस् यी टिप्स्

$
0
0

एजेन्सी, २६ असार । कपाल मान्छेको सौन्दर्य हो । हरेकको चाहना हुन्छ, उसको अनुहारको सुन्दतासँगै उसकोे कपाल पनि चम्किलो होस् ।

यसले मान्छेको पर्सनालिटी बनाउन मद्दत गर्छ । लामो, बाक्लो र स्वास्थ्य कपाल कसलाई मन पदैन र ? तर यस्तो कपाल बनाउन सजिलो चाहि छैन । कपालको हेरचाहमा ध्यान दिनुपर्छ ।

बर्षायाममा मौसम जति रोमान्टिक भए पनि कपालको लागि खराब हुन्छ ।

महिनौं हेरचाह गरी राखेको कपालको चमक आकाशकोे एक थोपा पानीले बिर्गान सक्छ । यसले कपाललाई ‘स्कैल्प र ओयली’ बनाउँछ । साथै कपाल रुखो हुँदै झर्न थाल्छ ।

मनसुनमा कपालको समस्या
मनसुनमा पानी पर्ने हुँदा कपालको जरालाई कमजोर बनाउँछ । जसबाट कपाल झर्ने समस्या उत्पन्न हुन्छ ।
आकाशको पानीले स्कैल्पमा इन्फेक्शनको खतरा हुन्छ ।
आकाशको पानीले कपालको पोषण नष्ट हुन्छ ।
मनसुनमा कपाल प्रायः चिपचिप हुन्छ । त्यसकारण कपालमा चाया हुने सम्भावना बढी हुन्छ ।

मनसुनमा कपाललाई यसरी जोगाउनुहोस्-
अण्डामा भएको प्रोटिन, भिटामिन कपालको स्वास्थ्यको लागि राम्रो हुन्छ । साथै दहीमा हुने लेटिन एसिडले कपाललाई हाइड्रेट बनाइ राख्दछ ।
यदि तपाई आकाशको पानीमा भिज्नु भएको छ भने घरमा पुगे पछि अनिवार्य स्याम्पु प्रयोग गर्नुस् । जसले कपाल चिलाउनबाट बचाउँछ । यसले चाँयाको समस्या हुँदैन ।

नरिवलको तेलमा फेट एसिड हुन्छ र यसले कपालको गहिराईमा प्रवेश गर्दछ । यसले कपालको चमकता थप ल्याउन मदत गर्दछ ।

केरामा पोटासियम पाइन्छ , जसले कपाललाई टुक्रिनबाट रोक्दछ । महले टाउकोमा म्वायस्चराइज  पुनर्स्थापनामा मद्दत गर्दछ । जैतुनको तेलले तपाईको कपाल मुलायम बनाउँदछ ।

बर्षामा भिज्दा कपाल चिपचप हुनुको साथै कपाल झर्ने सम्भावना बढी हुन्छ । यी समस्यबाट बच्नलाई आवश्यकता अनुसार तेल मालिश गर्नुपर्छ ।

भिजेको कपाललाई नबाध्नुस् यसबाट कपाल झर्ने समस्या हुन्छ ।

मनसुनमा दिनहुँ नुहाउनुस ।

कपालमा कलर तथा मेहन्दी नगर्नुस ।

The post मनसुनमा यसरी हराउन सक्छ कपालको चमक, अपनाउनुस् यी टिप्स् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles