Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सोमबार थपिए १८० संक्रमित, कुल संक्रमितको संख्या १५९६४

$
0
0

काठमाडौं, २२ असार । नेपालमा पछिल्लो २४ घण्टामा १८० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ८११ पुगेको छ ।

सोमबारसम्म २ लाख ५५ हजार ७२८  पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख ११ हजार ७२४  छ ।

अहिलेसम्म २९ हजार २१५ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार ११८ जना आइसोलेसनमा रहेका छन् ।

थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

The post सोमबार थपिए १८० संक्रमित, कुल संक्रमितको संख्या १५९६४ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles