Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बुधबार थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित व्यक्तिको संख्या १४ हजार नाघ्यो

$
0
0

काठमाडौं, १७ असार । नेपालमा पछिल्लो २४ घण्टामा ४८२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १४६२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ६५६ पुगेको छ ।

बुधबारसम्म २ लाख ३३ हजार २२७ पिसिआर परीक्षण सम्पन्न भएको छ ।

अहिलेसम्म ४८ हजार ३६२ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार ३६० जना आइसोलेसनमा रहेका छन् ।

थप एकजना कोरोना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या पनि ३० पुगेको उनले जानकारी गराए ।

The post बुधबार थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित व्यक्तिको संख्या १४ हजार नाघ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images