ल्वाङमा एक खास किसिमको पिरो राग हुन्छ । युजेनल नामक तत्वका कारण ल्वाङमा पिरो राग र अनौठो गन्ध पैदा भएको हुन्छ ।
यो तत्व सबै उमेरका मानिसका लागि उपयोगी हुन्छ । विशेषगरी जाडो मौसममा ल्वाङको उपयोगिता बढी हुन्छ । स्वस्थ्यका हिसाबले ल्वाङ धेरै महत्वपूर्ण साबित हुने गरेको छ । मात्र दुईवटा ल्वाङले पनि स्वास्थका लागि यसरी फाइदा गराउन सक्छ ।
१. पेटमा ग्यासको समस्या
एक ग्लास उमालेको पानीमा दुईवटा ल्वाङ पिसेर हाल्नुहोस् र सेलाएपछि पानी पिउनुहोस् ।
२. दाँत दुखेमा
एक चम्मा कागतीमा दुईवटा ल्वाङ घस्रिएर दाँतमा लगाउनुहोस् । दुखाइबाट छुट्कारा पाउनुहुनेछ ।
३. मुख गनाउने समस्यामा
दुईवटा ल्वाङलाई एउटा सानो अलैँचीसँग चबाइरहनुहोस् र मुखको गन्धबाट राहत् पाउनुहोस् ।
४. मुखमा घाउ आएमा
ल्वाङलाई हल्का भुनेर मुखमा राख्दा यसले मुखभित्रको छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।
५. ज्वोरो र रुघाखोकी
दुईवटा ल्वाङ र तुलसीका ५ पत्तालाई उमालेर महसँग मिसाएर पिएमा ज्वोरो र रुघाखोकीबाट राहत पाउन सकिन्छ ।
६. घाँटीको भागतिर दुखेमा
एउटा सानो कचौरामा दुईवटा ल्वाङ र तोरीको तेल मिसाएर मालिस गर्ने हो भने दुखाई छिटै कम हुन सक्छ ।
७. पेटको किरा
ल्वाङलाई पिसेर महसँग मिसाउने अनि केही दिनसम्म यसलाई सेवन गर्ने ।
८. तनाव
ल्वाङ, तुलसी र पुदिनाको ७ ८ वटा पत्तालाई अलैँचीसँग उमालेर पिउने ।
९. टाउको दुखेमा
ल्वाङ र कपूरलाई पिसेर नरिवलको तेलमा मिसाउने अनि टाउको दुखेको भागमा मालिस गर्ने हो भने पनि धेरै राहत पाउन सकिन्छ ।
१०. सुख्खा कपाल
ल्वाङमा आधा कप अलिभको तेल मिसाएर सानो आगोमा पकाइरहने र सेलाएपछि कपालमा लगाउने हो भने कपाललाई धेरै राम्रो गराउँदछ ।
The post मात्र २ वटा ल्वाङले १० समस्याबाट यसरी दिलाउँछ राहत appeared first on Sajha Post.