Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मंगलबार ३१६ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या १३५६४

$
0
0

काठमाडौं, १६ असार । नेपालमा पछिल्लो २४ घण्टामा ३१६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा ९  महिला र ५१  पुरुष गरी ६० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १९४ पुगेको छ ।

मंगलबारसम्म २ लाख २८ हजार ३४१ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या २ लाख ९७ हजार ८७१ छ ।

अहिलेसम्म ५३ हजार ७० जना क्वारेन्टाइनमा रहेका छन् भने १० हजार ३४१ जना आइसोलेसनमा रहेका छन् ।

हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ रहेको छ ।

The post मंगलबार ३१६ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या १३५६४ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles