Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शनिबार ५५४ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या १२३०९ पुग्यो

$
0
0

काठमाडौं, १३ असार । नेपालमा पछिल्लो २४ घण्टामा ५५४  जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १८ महिला र ११८ पुरुष सहित १३६जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ८३४ पुगेको छ ।

रसुवामा पनि संक्रमित भेटिएसँगै नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिइसकेको प्रवक्ता गौतमले जानकारी दिए ।

शनिबारसम्म २ लाख १० हजार ८७६ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या २ लाख ९४ हजार ३४ पुगेको छ ।

अहिलेसम्म ६५ हजार ७१२ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार ४४७ जना जना आइसोलेसनमा रहेका छन् ।

शनिबारमृतकको संख्या बढेर २८ पुगेको मन्त्रालयले जनाएको छ ।

The post शनिबार ५५४ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या १२३०९ पुग्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles