Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शुक्रबार ५९३ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या ११७५५ पुग्यो

$
0
0

काठमाडौं, १२ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा ५९३ जना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा ८ महिला र ४० पुरुषसहित ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६९८ पुगेको छ ।

रसुवा जिल्लाबाहेक ७६ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको प्रवक्ता गौतमले जानकारी दिए ।

शुक्रबारसम्म २ लाख ६ हजार २७१ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या २ लाख ९० हजार ३४९ पुगेको छ ।

अहिलेसम्म ७१ हजार १२ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार ३० जना आइसोलेसनमा रहेका छन् ।

शुक्रबार मृतकको संख्या बढेर २७ पुगेको मन्त्रालयले जनाएको छ ।

The post शुक्रबार ५९३ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या ११७५५ पुग्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images