Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

४३४ नयाँ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १११६२

$
0
0

काठमाडौं, ११ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा विहीबार थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारीका अनुसार विहीबारसम्म कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

विहीबार नयाँ संक्रमितमा ४८ जना महिला र ३८६ जना पुरुष रहेका छन् । प्रवक्ता गौतमका अनुसार रसुवाबाहेक ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रवक्ता गौतमका अनुसार विहीबारसम्म १ लाख ९९ हजार ७३७ पिसिआर परीक्षण सम्पन्न भएको छ । त्यस्तै २ लाख ८७ हजार ८६३ आरडिटी परीक्षण सम्पन्न भएको उनले जानकारी दिए ।

विहीबारसम्म ७४ हजार २२ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ४२२ आइसोलेसनमा रहेका छन् ।

विहीबारसम्म निधन हुनेको संख्या २६ रहेको छ भने २६५० जना निको घर फर्किएका छन् ।

The post ४३४ नयाँ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १११६२ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles