एजेन्सी, ५ असार । विश्व स्वास्थ संगठनले कोरोना संक्रमित आमाहरुलाई आफ्नो नवजात शिशुलाई स्तनपान गराउने काम जारी राख्न आह्वान गरेको छ । जेनेभामा आयोजित एउटा पत्रकार सम्मेलनमा डब्ल्युएचओका प्रमुख डक्टर टेड्रोस एडहनम गेब्रिएसुसले नवताज शिशुका आमाहरुमा त्यस्तो अपिल गरेका हुन् ।
डा. टेड्रोसका अनुसार डब्ल्युएचओले यस विषयमा अध्ययन गरेको थियो । बच्चाहरुमा कोरोना संक्रमणको जोखिमको तुलनामा स्तनपानको फाइदा धेरै हुने पाइएको थियो ।
टेड्रोस भन्छन्, ‘हामीलाई थाहा छ कि ठूलाहरुको तुलनामा बच्चामा कोभिड १९ को जोखिम कम हुन्छ, तर अन्य धेरै यस्ता रोगहरु छन् जसबाट बच्चाहरुलाई धेरै जोखिम र खतरा छ । स्तनपानले त्यस्तो विमारलाई रोक्न सक्छ । प्राप्त प्रमाणहरुको आधारमा संगठन भाइरस संक्रमण जोखिमको तुलनामा स्तनपानको फाइदा धेरै हुने सल्लाह दिन्छ ।’
डब्ल्युएचओमा प्रजनन स्वास्थ मामिलाकी सल्लाहकार डा. अन्शु बेनर्जीको अनुसार आमाको दूधमा कुनै पनि जीवित भाइरस पाइएको छैन ।
उनी भन्छिन्, ‘अहिलेसम्म हामीले आमाको दूध अर्थात् ब्रेस्ट मिल्कमा कुनै पनि भाइरस पनि पाएका छैनौं । धेरै मामिलामा आमाको दूधमा आरएनएको टुक्रा पाइएको छ तर हामीले अहिलेसम्म ब्रेस्ट मिल्कमा कुनै पनि जीवित भाइरस फेला पारेका छैनौं ।’
The post कोरोना संक्रमित आमाको दूधबाट बच्चालाई कुनै जोखिम छैनः डब्ल्युएचओ appeared first on Sajha Post.