Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यी हुन् कोरोना भाइरस पोजेटिभ नभेटिएका ५ जिल्लाहरु

$
0
0

काठमाडौं, ३० जेठ । नेपालमा शुक्रबारसम्म ५ हजार ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । शुक्रबार मात्र नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण देखियो ।

नेपालका ७ वटै प्रदेशहरुमा कोरोना संक्रमण पुगे पनि ५ जिल्लामा भने अहिलेसम्म कोरोना पोजेटिभ भएका बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ । परीक्षणको दायरा साँघुरो भएकोले थप परीक्षण गर्दा कोरोना संक्रमित योभन्दा बढी भेटिन पनि सक्छ । ३३ हजारभन्दा बढी स्याबहरु परीक्षणका लागि लाइनमा छन् ।

तर, सरकारको आधिकारीक तथ्यांकलाई मान्ने हो भने शुक्रबारसम्म कोरोना संक्रमण नपुगेका जिल्लाहरुमा बागमती प्रदेशको रसुवा जिल्ला रहेको छ भने प्रदेश नं. ५ मा पर्ने रुकुम पश्चिम पनि रहेको छ ।

अन्य जिल्लाहरुमा गण्डकी प्रदेशमा पर्ने मनाङ र मुस्ताङसँगै प्रदेश नं. १ मा पर्ने ओखलढुंगामा पनि कोरोना संक्रमित भेटिएका छैनन् ।

The post यी हुन् कोरोना भाइरस पोजेटिभ नभेटिएका ५ जिल्लाहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles