एजेन्सी, १६ जेठ । महिलाहरुको जीवनमा रजस्वलाको अहम् भूमिका छ । प्रत्येक महिना दुईदेखि सात दिनसम्म महिलाहरु यो समयबाट गुज्रिनुपर्छ । यसरी हेर्दा औसत महिलाहरुले आफ्नो जीवनकालमा तीन हजार दिनसम्म यो प्रक्रियाबाट गुज्रिन्छन् ।
तर रजस्वलाको समयमा सरसफाईसँग सम्बन्धि लापारवाहीले विभिन्न समस्या निम्त्याउँछ । यस्तो अवस्थामा तपाईले प्रयोग गर्ने सेनिटरी प्याडमा धेरै ध्यान पुर्याउनुपर्छ । आज हामी तपाईलाई सेनिटरी प्याडसँग सम्बन्धित सरसफाईको बारेमा बताउँदैछौं ।
रजस्वलाको ढाँचा अनुसार तपाईले आफ्नो लागि सेनिटरी प्याड चयन गर्नुपर्छ । तपाईले विभिन्न समय र आवश्यकताको हिसाबले विभिन्न किसमिका सेनिटरी प्याड प्रयोग गर्नसक्नुहुन्छ । सुरुवातमा महिलाहरुले मोटो सेनिटरी प्याड प्रयोग गर्ने गर्छन् पछि फेरी सामान्य हलुंगो किसिमको प्याड प्रयोग गर्छन् ।
रजस्वला सुरु भएको दिनमा लामो र एक्स्ट्रा एब्जर्भसनवाला प्याड प्रयोग गर्नुहोस् । त्यसपछि अरु दिन सामान्य नेपकिनको प्रयोग गर्नसक्नुहुन्छ । यदि गलत सेनिटरी प्याड प्रयोग गर्नु भयो भने यसले र्यासेज तथा खटिरा उत्पन्न गराउन सक्छ ।
सफाई यसरी गर्नुहोस्
तपाईको योनीलाई सफा गर्ने एउटा विधि हुन्छ । यसले विधि र लाभदायक र हानिकारक ब्याक्टेरियाबीच सन्तुलन कायम गर्दछ । रजस्वलाको समयमा यौनाङ्ग साबुनले धुनु हुँदैन । यसले लाभदायक ब्याक्टेरियालाई मार्दछ । यस्तो बेला योनाङ्गलाई मनतातो पानीले सफा गर्नुहोस् । यदि तपाई इन्टीमेट वास वा साबुन प्रयोग गर्दै हुनुहुन्छ भने बाहिरी भागमा मात्र गर्नुहोस् ।
कस्तो सेनिटरी प्याड प्रयोग गर्ने ?
राम्रो सेनिटरी प्याडको स्वभाव भनेको यसले थोरै समयमा नै धेरैभन्दा धेरै तरल पदार्थलाई सोस्न सक्छ । यस्तै यसले प्रदुषित तरललाई सेन्ट्रल कोरमा लक गरेर राख्न सक्छ । यस्तो बेला तपाईको योनाङ्गबाट धेरै रगत बगेपनि लिकेज हुने खतरा हुँदैन ।
समयअनुसार सेनिटरी प्याड
सामान्य तय राजस्वलाको पहिलो दिन धेरै रगत बग्छ । यस्तो बेला सजिलै र चाँढै तरल सोस्न सक्ने किसिमको प्याड प्रयोग गर्नुपर्छ । दुई किसिमको सेनिटरी प्याड पाउन सकिन्छ । एउटा दिनको लागि र अर्को रातको लागि काम लाग्छ । डे प्याडको लम्बाई १७ देखि २५ सेन्टीमिटरसम्मको हुन्छ । यस्तै नाइट प्याड ३५ सेन्टीमिटरसम्म लामो हुन्छ । लामो प्याडले धेरै तरल सोस्न सक्छ ।
The post छालाको हिसाबले प्रयोग गर्नुहोस् यस्ता सेनिटरी प्याड appeared first on Sajha Post.