Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बजेटः स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड

$
0
0

काठमाडौं, १५ जेठ । कोरोना महामारीका कारण सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि स्वास्थ्य मन्त्रालयको बजेट बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको बजेट बढाएर ९० अर्ब ६९ करोड पुर्‍याइएको बजेटमा उल्लेख गरेका छन् ।

उनले स्थानीय तहम अस्पताल बनाउन १४ अर्ब रुपैयाँ छुट्याएको बताएका छन्। सबै स्थानीय तहमा स्थापना हुने ५ देखि १५ बेडको अस्पताल निर्माणको लागि सरकारले १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो ।

त्यस्तै गतवर्ष देखि नै निर्माण सुरु भएको स्थानीय तहलाई आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

त्यस्तै, सरकारले कोरोना भाइरस नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ छुट्याएको जानकारी दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य पूर्वाधार निर्माणका लागि १२ अर्ब रुपैयाँ बजेट छुट्याएको बताएका छन् ।

उनले एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था गरिएको उनले बताए । उनले कोरोना नियन्त्रणमा खटिनेको ५ लाखको जीवन बिमा गरिदिने जानकारी दिए ।

खतिवडाले स्वास्थ्य बिमा कार्यक्रममा लागि ७ अर्ब रुपैयाँ बजेट छुट्याएको बताएका छन्। सबै स्थानीय तहमा अस्पताल निर्माणका लागि १४ अर्ब रुपैयाँ बिनियोजन गरिएको पनि जानकारी दिएका छन् ।

The post बजेटः स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles