Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

म्याग्दीमा देखियो डेङ्गु, ३० वर्षका व्यक्तिको रिपोर्ट पोजेटिभ

$
0
0

म्याग्दी, २० वैशाख । कोरोना भाइरस सङ्क्रमणको त्रास बढिरहेको बेलामा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटका ३० वर्षीय एक युवामा डेङ्गु पोजेटिभ देखिएको छ । बेनी अस्पतालमा उपचाररत ती बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको बेनी अस्पतालका डा मनोज घिमिरेले जानकारी दिए ।

जिल्लामा डेङ्गुको सङ्क्रमणबाट जोखिन जनचेतनामूलक कार्यक्रम सञ्चालन अति आवश्यक रहेको डा घिमिरेको बताए ।

गत वैशाख ८ गते जिल्लाको मङ्गला गाउँपालिका–५ अर्मन सिर्कुमका १७ वर्षीय युवामा डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमण देखिएको थियो । एक्कासी टाउको, जोर्नी दुख्ने, आलस्यता हुनेजस्ता लक्षण देखिएपछि ल्याब परीक्षणमा डेङ्गु पोजेटिभ देखिएपछि बिरामीको अस्पतालमै उपचार भइरहेको छ । डेङ्गु एडिस नाम गरेको लामखुट्टेबाट सर्ने रोग हो ।

मौसम परिवर्तनसँगै मुसाबाट सर्ने स्क्रब टाइफसको लक्षण देखिएका बिरामीको आँखा रातो हुने, झाडापखला लाग्ने, टाउको दुख्ने, पसिना धेरै आउने, किराले टोकेको ठाउँमा रातो डाबरजस्तो समस्या देखिने पाटन स्वास्थ्य प्रतिष्ठानबाट बेनी अस्पतालका डा अजय गौतमले बताए ।
डेङ्गु एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै सङ्क्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।

डेङ्गुबाट जोगिन बनजङ्गलमा घाँस दाउरा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, मुसा नियन्त्रणका लागि उपयुक्त विधि अपनाउनुपर्ने चिकित्सकको भनाइ छ ।

गत वर्ष म्याग्दीमा १२ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए । डेङ्गु सङ्क्रमितको दर हेर्दा म्याग्दीमा यस वर्ष बिरामीको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

The post म्याग्दीमा देखियो डेङ्गु, ३० वर्षका व्यक्तिको रिपोर्ट पोजेटिभ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles