Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

‘यति डरलाग्दो भाइरस कहिल्यै देखेको थिइनँ’

$
0
0

एजेन्सी, २४ फागुन । कोरोना भाइरसविरुद्धको खोप विकासमा लागेका एक डाक्टरले नयाँ भाइरस यसअघि देखिएका भाइरसभन्दा निकै डरलाग्दो भएको बताएका छन् ।

बेलायती डाक्टर रिचार्ड ह्यासेटले हालसम्म आफूले अनुसन्धान गरेका भाइरसमध्ये कोरोना सबैभन्दा डरलाग्दो भएको बताएका छन् । कोभिड-१९ पनि भनिने नयाँ भाइरस फ्लुभन्दा कैयौं गुणा घातक रहेको र योसँग जुध्ने कार्य युद्ध जस्तै कठिन रहेको उनको भनाइ छ ।

डा. ह्यासेटले हाल कोलिसन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन्सको नेतृत्व गरिरहेका छन् । विश्वका सबै मुलुकहरूले सक्रिय भएर भाइरसविरुद्ध लाग्नुपर्ने उनले बताए ।

साथै कोभिड-१९ विरुद्धको खोप विकास गर्न १२ देखि १८ महिनासम्म लाग्ने र यसका लागि २ बिलियन अमेरिकी डलर खर्च हुने ह्यासेटको भनाइ छ ।

नयाँ भाइरस फ्लुभन्दा कैयौं गुणा घातक रहेको र विश्वभरका मानिसहरू यसको जोखिममा रहेको ह्यासेटले बताए । भाइरसविरुद्धको अभियान युद्ध जस्तै भएको पनि उनले बताए ।

‘यसलाई (भाइरस) लाई दोस्रो विश्व युद्धसँग तुलना गर्नु त्यति जायज हो जस्तो मलाई लाग्दैन’, ह्यासेटले च्यानल ४ न्युजसँग कुराकानी गर्दै भने, ‘तर विश्व स्वास्थ्य संगठनले यस्तै खाले शब्दावली प्रयोग गरिरहेको छ । भाइरसले कति हानि गर्न सक्छ भन्ने कुरा उनीहरू (विश्व स्वास्थ्य संगठनका विज्ञहरू) ले देखेका छन् ।’

‘मैले महामारी तम्तयारीको क्षेत्रमा झण्डै २० वर्ष काम गर्दै आएको छु’, उनले थपे, ‘आफ्नो क्यारिअरमा यसअघि मैले यस्तो डरलाग्दो भाइरस देखेको थिइनँ । कोरोना भाइरस इबोला, मर्स र सार्सभन्दा डरलाग्दो छ ।’

कोरोना भाइरस डरलाग्दो हुनुको कारण संक्रमण र मानिसको ज्यान लिन सक्ने क्षमता भएको पनि ह्यासेटले बताए ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले भाइरसबाट उत्पन्न हुन सक्ने अस्तव्यस्तताका लागि सबै नागरिकलाई तयार रहन भनेपछि डाक्टर ह्यासेटको भनाइ बाहिर आएको हो ।

बेलायतमा २ जनाको ज्यान गएपछि प्रधानमन्त्री जोनसोनले कोरोना भाइरसविरुद्धको खोप विकास र परीक्षण किटका लागि ४६ मिलियन पाउण्ड उपलब्ध गराउने बताइसकेका छन् ।

हालसम्म बेलायतमा १६४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने २ जनाको ज्यान गइसकेको छ ।

 

The post ‘यति डरलाग्दो भाइरस कहिल्यै देखेको थिइनँ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles