Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

गर्मी बढ्दै गर्दा शरीरलाई फिट राख्न के खाने ?

$
0
0

जो कोही मानिसलाई पनि आफ्नो स्वास्थ्य स्वस्थ राख्ने रहर हुन्छ । त्यसका लागि मानिसहरुले विभिन्न खानेकुरामा ध्यान दिनुपर्दछ । मौसमअनुसारको खानेकुराले नै मानिसलाई स्वस्थ राख्ने गर्दछ । त्यसैले गर्मी मौसममा आफ्नै शरीर फिट राख्नको लागि यी खानेकुराहरु खाने गर्नुहोस् ।

 १‍. अत्यधिक तरल पदार्थको सेवन गर्ने

सकेसम्म , दही, लस्सी, मही, कागती पानी, बेलको सर्बत, नरिवल पानीजस्ता तरल पदार्थ बढी खानुपर्छ । चिया तथा कफीबाट भने सकेसम्म टाढै रहनु उपयुक्त मानिन्छ  । ज्यादैं चिसो पानी पनि पिउनु हुदैन । ज्यादा चिसो पानीले पाचन प्रणालीलाई असर पार्छ र शरीरलाई प्राकृतिक चिसो बनाउने प्रणालीमा नकारात्मक असर पार्छ।

२. सिजन अनुरुपका तरकारी तथा फलफूल खाने

गर्मी मौसममा गोलभेंगा, पालुंगो, लौकाजस्ता तरकारी खानु उपयुक्त हुन्छ । जस्मा  कम क्यालोरी हुन्छ र एसिडीटीजस्ता समस्या समाधान हुन्छ । यी तरकारीले गर्मीमा चिसो बनाउन मद्दत गर्छ । यस्तै, मौसमी फलफूल पनि धेरै खानुपर्छ । यसबाट पेट पनि भरिन्छ र क्यालोरी पनि भरिन्छ । खरबूजाले शरीरलाई हाइड्रेट हुनबाट बचाउँछ र छालालाई सूर्यबाट हुने नकारात्मक असरबाट बचाउँन मद्धत गर्छ ।

कागतीले छालालाई नरम बनाउछ । आँपमा आइरन हुन्छ भने स्ट्रबेरीले युरिनरी समस्याबाट राहत मिल्छ । तौल घटाउन मन छ भने बिहान ब्रेकफास्टमा केरा खानु पर्यछ जसमा रहेको पोटासियमले दिनभर तपाईंलाई चुस्त बनाउछ ।

३. हल्का व्यायमले फिट राख्छ

बिहान–बेलुकी घरमा हल्का व्यायम गर्नाले गर्मी मौसममा शरीरलाई फिट राख्छ । व्यायामचाहीँ कुनै कुशल गुरुसंग सिक्नुहोस् । यदि कुनै बिरामी हुनुभएको छ भने व्यायाम गर्नुअघि डाक्टरको सल्लाह लिनु पर्छ । बिहान ६ देखि सात बजेसम्मको समय मर्निङ वाक सबैभन्दा उपयुक्त हुन्छ । बेलुकी खाना खाएपछि पनि १५–२० मिनेट हिडडुल गर्नाले गर्मीमा शरीरलाई फिट राख्न मद्दत गर्छ ।

The post गर्मी बढ्दै गर्दा शरीरलाई फिट राख्न के खाने ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles