वीर्य प्रजननको माध्यम हो, तर कम मात्रै मानिसलाई थाहा हुन्छ कि ‘वीर्य’ र ‘स्पर्म’ फरक–फरक चीज हो । आउनुहोस्, शुक्रकिटसँग जोडिएका कयौं तथ्यहरुबारे जानकारी हासिल गरौं, जुन तपाईंलाई रोचक पनि लाग्न सक्छ ।
‘स्पर्म’ त्यो काेशिका हाे जुन स्खलनकाे समयमा पुरुषको वीर्यमा रहेको हुन्छ । कतिपय मानिसलाई लाग्छ, वीर्य नै ‘स्पर्म’ हो, तर यो साँचो होइन ।
एक स्वस्थ पुरुष एक सेकेन्डमा १५०० स्पर्म सेल उत्पादन गर्न सक्छ । स्वस्थ स्पर्म सर्कुलेशनको लागि पुरुष नियमित स्खलित हुनुपर्दछ ।
वीर्य लामो समयसम्म जीवित रहन्छ भन्ने मानिन्छ तर यौन सम्पर्कपछि स्पर्म महिलाको शरीरमा ५ दिनसम्म जीवित रहन सक्छ ।
वैज्ञानिकहरुका अनुसार वीर्यमा हुने प्रोटिनले महिलाहरुको ब्रेनमा हर्मोनल संकेत दिन्छ जसको कारण महिलाको डिम्बाशयबाट डिम्ब निस्काषन हुन्छ ।
एकजना पुरुषको शरीरमा ‘पुरुष’ र ‘महिला’ दुई प्रकारको स्पर्म हुन्छ । महिला स्पर्म पुरुष स्पर्मभन्दा अत्यधिक शक्तिशाली हुन्छन् । यसर्थ, महिला स्पर्मबाट गर्भवती हुने सम्भावना बढी हुन्छ ।
विज्ञानले नै प्रमाणित गरेको छ कि स्पर्म एउटा राम्रो क्लिंजर वा सफा गर्ने कुरा हो । स्पर्ममा जिंक, भिटामिन सी, कोलेजेन, अमीनो एसिड जस्ता तत्व हुने भएकोले नर्वेको एक कम्पनीले यिनै कम्पाउण्डलाई प्रयोग गरेर फेस क्रिम (अनुहारमा लगाउने क्रिम) बनाएको छ, जसको नाम हो स्पर्माइन ।
चुरोट, रक्सी, क्याफिन (कफी वा चियामा पाइने वनस्पती तुल्य क्षार) र मोटोपनका कारण स्पर्मको संख्या घट्दछ ।
ल्यापटप, वाईफाई र मोबाइल फोन जस्ता उपकरणले तपाईंको स्पर्मको गुणस्तर र उत्पादन क्षमतालाई दिनप्रतिदिन घटाइरहेको हुन्छ ।
The post के तपाईंलाई थाहा छ ‘शुक्रकिट’सँग जोडिएका यी तथ्यहरु appeared first on Sajha Post.