एजेन्सी । सेक्सका दौरान मानव शरीरमा के-के उतारचढाव आउला ? हाम्रो शरीर कुन-कुन फेजबाट गुज्रिएला ? सामान्यतया मानिसले यस्ता परिवर्तहरु महसुस नै गर्न सक्छन् । तर, यो कस्तो परिवर्तन हो भन्ने थाहा हुँदैन ।
साथै शरीरभित्र के चलिरहेको छ भन्ने कुरा पनि हामी बाहिरैबाट सहजै थाहा पाउन सक्दैनौं । यसैक्रममा सेक्सका दौरान मानव शरीरमा हुने परिवर्तनबारे जानकारी दिने एउटा भिडियो युट्यूबमा भाइरल बनेको छ ।
सेक्सका चार चरण
(i) एक्साइटमेन्ट
(ii) प्लेट्यू
(iii) अर्गाज्म
(iv) रेजोल्यूशन
एक्साइटमेन्ट (Excitement)
यस चरणमा मानव शरीरमा सेरोटोनिन (serotonin) रिलीज हुन्छ, जसले तपाईंलाई खुसी दिन्छ । तपाईंको शरीरमा यस दौरान एड्रेनेलिन (adrenaline) पनि रिलीज हुन्छ, जसले तपाईंको हृदय गतिलाई बढाउँछ । यसै चरणमा तपाईंको यौनाङ्गमा रगतको गति बढ्छ, जसले तपाईंलाई सेक्सका लागि पूर्णरुपमा तयार गरिदिन्छ ।
प्लेट्यू (Plateau)
एक्साइटमेन्ट पछिको चरणलाई प्लेट्यू भनिन्छ । यस दौरान मुटुको धडकन बढ्छ, साथै स्वासप्रश्वास पनि तिब्र हुन्छ र मांसपेशीमा ब्लड प्रेशर उच्च बन्छ । सेक्सअघि गरिने किस तथा अन्य फोरप्लेले शरीरमा नोर्पिनेफरिन (Norepinephrine) रिलीज हुन्छ । त्यसपछि तपाईंको यौनाङ्ग थप संवेदनशील बन्दछ ।
अर्गाज्म (Orgasm)
यस चरणमा तपाईंको पेल्भिक मसल्स सक्रिय हुन्छ । महिलाको पाठेघर र पुरुषको यौनाङ्ग सक्रिय भएको अनुभूति हुन्छ । नसा र मांसपेशी एक्साइटमेन्टको चरणबाटै सक्रिय थियो, अब यो सबै एकसाथ रिलीज हुन्छ । जसले स्वर्गीय आनन्द अनुभूत गराउँछ । सेक्समा सबैभन्दा आनन्दित हुने क्षण नै यही हो । अक्सिटोसिन लेभल र लभ हर्मन यो अवधिमा आफ्नो चरम बिन्दूमा पुगेको हुन्छ ।
रेजोल्यूशन (Resolution)
यस चरणमा सेक्सको चाहना हराएर जान्छ । नसा र मांशपेशीमा भएको उत्तारचढाव विस्तारै सामान्य बन्छ । मानिसले रिल्याक्स फिल गर्न थाल्छ । तर, केही महिलाहरु यो चरणमा पनि पुन: अर्गाज्म प्राप्त गर्न सक्छ । तर, पुरुषहरु भने पुन: एक्साइटमेन्टको चरणमा पुग्नै समय लाग्छ । सामान्यता पुरुषहरु एकपटक अर्गाज्म प्राप्त गरेपछि तत्कालै एक्साइटमेन्टमा आउन सक्दैनन् । यसका लागि उनीहरुलाई समय चाहिन्छ ।
The post सेक्सका दौरान मानव शरीरभित्र के-के हुन्छ ? (भिडियोसहित) appeared first on Sajha Post.