Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बारम्बार पिसाब लागिरहनुका ६ कारण

$
0
0

चिकित्सकहरुका अनुसार मुत्रथैली सानो हुनाले वा पेल्भिक मांसपेशी कमजोर हुनाले बारम्बार पिसाब आइरहन्छ । नियमित अभ्यासको मद्दतले यस्तो समस्याहरु नियन्त्रण गर्न सकिन्छ ।

यसैगरी चिकित्सकका अनुसार धेरै मानिसहरुमा केही गम्भीर स्वास्थ समस्याका कारणले पनि बारम्बार पिसाब लाग्ने गर्छ ।

यस्ता छन् बारम्बार पिसाब लागिरहनका ६ कारण-

 क्यान्सर

प्रोस्टेट क्यान्सर वा युरिनरी ट्याक्टमा क्यान्सरको समस्या हुनाले पनि बारम्बार पिसाब आइरहन्छ ।

कमजोर पेल्भिक मासंपेशी

केही मानिसहरुको पेल्भिक मसल्स बलियो हुँदैन् । कमजोर मांशापेशीले मुत्रमार्गलाई पुरै तरिकाले बन्द गर्न सक्दैनन् जसकारण बारम्बार पिसाब आइरहने र पिसाबमा नियन्त्रण नहुने समस्या हुन सक्छ ।

सानो मुत्रथैली

केही मानिसहरुको मुत्रथैली सानो हुन्छ । यसकारण थैली चाँडै भरिन्छ र बारम्बार पिसाब आइरहन्छ ।

मृगौलाको समस्या
मृगौलामा समस्या वा पत्थरीको समस्या भएमा पनि मुत्रथैलीमा एक्स्ट्रा दवाव पर्छ । यस्तोमा बारम्बार पिसाब गर्न मन लागिरहन्छ ।

डायबिटिज
रगतमा सुगर लेभल बढेमा पनि शरीरले एक्स्ट्रा ग्लुकोजलाई पिसाबको माध्यमबाट बाहिर निकाल्छ । यसैले डायबिटिज भएमा पनि बारम्बार बाथरुम जान पर्छ

पिसाबमा संक्रमण
युरीनरी ट्याक्ट इन्फेक्सन को समस्या भएमा पनि गुप्ताङ्गमा चिलाउँछ र बारम्बार पिसाब फेर्न मन लाग्छ । पिसाब नियन्त्रण गर्न पनि मुस्किल हुन्छ ।

The post बारम्बार पिसाब लागिरहनुका ६ कारण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles