Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

तपाईलाई कतै पिनास त छैन ? होस गर्नुहोस् दिमाग नै पाक्न सक्छ

$
0
0

काठमाडौं । रुघा विग्रियो भने पनि पिनास हुन्छ । सामान्यतया, नामका किटानुको संक्रमण भयो भने पिनासको जोखिम हुन्छ । पिनासको पीडा पनि उत्तिकै चर्को हुन्छ ।

अझ पिनासको समयमा उपचार भएन भने त त्यसको असर आँखा र दिमागमा पनि पर्ने स्वाथ्यकर्मीहरु बताउँछन् । तर, कतिपय मानिसले पिनास विग्रिसक्दा पनि त्यसलाई रुघाकै रुपमा बुझ्ने गरेका हुन्छन । यतिबेलासम्म उपचार ढिलो भइसक्छ र अनावश्यक पीडा भोग्नुपर्ने हुन्छ ।

त्यसो त पिनासका केही लक्षणहरु हुन्छन जसलाई ख्याल गर्न सकियो भने यसबाट जोगिन सकिन्छ । जस्तै, नाक बन्द हुने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्या पिनासको लक्षण हुन सक्छन् । कतिपयको नाकबाट पहेलो पानी निरन्तर बग्यो भने पनि त्यसलाई पिनासको लक्षणको रुपमा बुझ्नुपर्छ ।

पिनासलाई लामो समयसम्म रहन दियो भने त्यसले सबैभन्दा पहिले आँखामा असर गर्छ । किनकी, आँखा नाकको सबैभन्दा नजिक हुन्छ । अझ पनि यसमा खेलाची गरियो र उपचारमा ध्यान दिइएन भने यसको असर दिमागका पुग्छ र यसले निकै गम्भिर समस्या निम्त्याउन सक्छ । यसरी दिमागमा पुगेको पिनासको कारण दिमाग नै पाक्ने पनि हुन सक्छ ।

कसरी जोगिने त पिनासबाट ?

पिनासको आशंका हुनसाथ त्यसको रोकथाममा लागि हाल्नुपर्छ । समयमै स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि सेवन गर्ने हो भने पिनास चाँडै निको पार्न पनि सकिन्छ । तातोपानीको वाफ लिँदा पनि पिनास कम हुन्छ । यदि पिनास धेरै नै जमेको छ भने इन्डोसाइकोसाइनेक्स सर्जरी गरेर नाकको प्वाल फराकिलो पारिन्छ र संक्रमणजन्य कुराहरु बाहिर निकालिन्छ ।

नाकको हड्डी बाङ्गो भएर पिनास भएको हो भने सर्जरी गरेर नाक नै सोझो बनाउनुपर्ने हुन्छ । कतिपय मानिसको जन्मजात नै नाक बाङ्गो हुने हुन्छ भने कतिपय अवस्थामा दुर्घटनामा परेर वा नाक ठोक्किदा पनि नाकको हड्डी बाङ्गीन सक्छ । यसरी नाकको हड्डी बाङ्गीदा पनि पिनास निम्तिने हुन्छ । त्यस्तो अवस्थामा अप्रेशन गरेर नै नाकको हड्डी सोझ्याउनु पर्छ ।

The post तपाईलाई कतै पिनास त छैन ? होस गर्नुहोस् दिमाग नै पाक्न सक्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles