एजेन्सी, १५ माघ । सुरुमा कोरोना भाइरस देखिएको चिनियाँ शहर वुहान नजिकै १ हजार शैप्याको हस्तिटल बनेको छ ।
केही दिनअघि चीन सरकारले कोरोना भाइरस फैलिँदै गएपछि एक साताभित्र २ हजार शैप्याका २ वटा अस्पताल बनाउने घोषणा गरेको थियो ।
त्यसमध्ये कोरोना भाइरसको केन्द्रबिन्दु रहेको वुहान नजिकै बनेको एक अस्पताल सञ्चालनमा आएको मेट्रो समाचारले जनाएको छ । उक्त अस्पतालले हिजो रातिदेखि स्वास्थ्य सेवा सुरु गरेको समाचारमा बताइएको छ ।
उक्त अस्पताल ४८ घण्टामा निर्माण गरिएको हो । झण्डै ५ सय कामदार, इलेक्ट्रिसियन र प्रहरीले लगातार २८ खटेर उक्त हस्पताल निर्माण गरेका हुन् ।
हुआङजाओ जिल्लामा बनाइएको उक्त अस्पताल यसअघि मे महिनामा उद्घाटन गरिने बताइएको थियो । तर कोरोना भाइरस देखिएपछि द्रूतगतिमा निर्माण गरी त्यसअघि नै उद्घाटन गरिएको हो ।
हुआङजाओका स्थानीय अधिकारीले शुक्रबार अस्पताल बनाउने बताएका थिए । शनिबारदेखि निर्माण कार्य सुरु गरिएको थियो ।
सोमबारसम्म अस्पतालमा पानी, बिजुली र इन्टरनेट जस्ता सुविधा जडान गरिएको छ ।
त्यस्तै वुहान शहरमा अर्को ठूलो अस्पताल बन्दै छ । उक्त अस्पताल सोमबारसम्म निर्माण हुनेछ । चीन सरकारले कोरोना भाइरसले महामारी लिँदै गएका बेला निकै द्रूतगतिमा ४ वटा हस्पताल बनाउन लागेको छ ।
ती अस्पताल सन् २००३ मा सार्स फैलिएका बेला बेइजिङमा बनाइएका मेडिकल सेन्टरको डिजाइनका आधारमा बनाउन लागिएको हो । पहिला नै बनाइएका निर्माण सामग्री र भवन (pre fabricated buildings and material) बाट अस्पताल बनाइएको हो ।
कोरोना भाइरसबाट हालसम्म चीनमा १३२ जनाले ज्यान गुमाएका छन् भने झण्डै ६ हजार मानिस संक्रमित बनेका छन् ।
भिडियोः
(भिडियो र तस्बिर Metro.co.uk बाट)
The post ४८ घण्टाभित्र चीनमा यसरी बन्यो १ हजार शैप्याको अस्पताल (भिडियोसहित) appeared first on Sajha Post.