काठमाडौं, १४ माघ । विवाहेतर सम्बन्ध (एक्स्ट्रा म्यारिटल अफेयर) लाई श्रीमान र श्रीमति दुबैले गम्भीर रुपमा लिने गर्छन् । यस खाले सम्बन्ध बाहिरिएपछि वैवाहिक जीवन तनावपूर्ण बन्दै जान्छ । कतिपय अवस्थामा सम्बन्ध विच्छेद नै गर्नुपर्ने हुन्छ ।
तर एक महिला भने श्रीमानको विवाहेतर सम्बन्धबाट नै वैवाहिक जीवन थप सुखमय र रोमाञ्जचक भएको बताएकी छन् । ती महिला ( नाम परिवर्तन गरिएको म्यारी) ले ३० वर्षे वैवाहिक जीवन सुखमय र रोमाञ्चक हुनुका कारण सामाजिक सञ्जालमार्फत् बताएकी छन् । पति (नाम परिवर्तन क्रिस)सँग गहिरो सम्बन्ध हुनुको कारण अफेयर रहेको समेत उनको भनाइ छ ।
दुबैजनाको सम्बन्धबारे बोल्दै म्यारीले आफू र क्रिस कामको दौरान भेट भएको र सोही सिलसिलामा प्रेम सम्बन्धमा गाँसिएको बताइन् । दुबैजना एउटै अफिसमा हुने भएकाले पूरा दिन सँगै हुने गरेको उनले बताइन् ।
क्रिस आफूप्रति पूर्ण बफादार रहेको र ३ वर्षसम्म डेटिङ गरेपछि दुबैजना वैवाहिक सम्बन्धमा बाँधिएको उनले सुनाइन् । म्यारीका अनुसार क्रिसले उनको निकै ख्याल गर्थे, राख्थे ।
क्रिस ८ सालको उमेरबाट नै बोर्डिङ स्कुलमा रहेको र आमाबाबुसँग उनको सामान्य सम्बन्ध रहेको म्यारीले बताइन् । क्रिसले हरेक सम्बन्धमा प्रेम र सहयोग खोज्थे । ‘मेरो दोस्रो छोरा ३ महिनाको हुँदा क्रिसको अफेयरबारे थाहा पाएँ’, म्यारीले भनिन्, ‘क्रिस एक महिला सहकर्मीसँगै अफिसका केही कागजात लिन घर आएका थिए र म ठूलो छोरालाई विद्यालयबाट ल्याउन जान लागेकी थिएँ ।’
‘घरमा पर्स छुटेकाले तुरुन्तै घरको पछाडि रहेको ढोकाबाट भित्र गएँ । भित्रबाट आएको आवाजलाई मैले सुरुमा त्यति मतलब गरिनँ । तर पछि के रहेछ भनेर हेर्दा दुबैजना (क्रिस र उनकी सहकर्मी) लाई सँगै देखेँ’, म्यारीले स्मरण गरिन् ।
यो सब कुरा देखेपछि म्यारी निकै दुःखी भइन् । तर केही नभनी छोरालाई लिन स्कुलतिर लागिन् । उनलाई घर गएर क्रिसमाथि रिस पोख्नुपर्छ र तथानाम भन्नुपर्छ जस्तो लागेको थियो । तर उनले आफूलाई सम्हालिन् ।
‘मैले पछिल्लो केही वर्ष अफिसबाट छुट्टी लिएर बच्चाको स्याहार-सुसार गर्थेँ, हाम्रो एउटा निकै सुन्दर घर थियो । हाम्रो सम्बन्ध र यौन जीवन निकै राम्रोसँग चलिरहेको थियो । तर क्रिसलाई दोस्रो महिलाको आवश्यकता किन पर्यो ?’, सामाजिक सञ्जालमा महिलाले लेखेकी छन् ।
यदि यी सबै प्रश्नको उत्तर क्रिससँग माग्ने हो भने उनी असहज मान्ने र वैवाहिक जीवन पहिलाको जस्तो नहुने म्यारीले बताइन् । ‘मेरो मनमा धेरै कुरा खेलिरहेका थिए तर मैले आफूलाई सम्हालेँ’, उनले भनिन् ।
एक दिन डिनरको समयमा क्रिसले निकै राम्रो स्थानमा सपरिवार विदामा घुम्न जाने योजना सुनाएको भन्दै म्यारी लेख्छिन्-‘त्यसबेला मलाई मेरो पारिवारिक जीवनमा केही पनि गलत भएको छैन भन्ने महसुस भयो । क्रिसले मलाई र बच्चालाई कहिल्यै छोड्न चाहन्नन् भन्ने थाहा पाएँ ।’
‘मेरा केही साथीहरू छन् जसका पति आफ्नो काम र शौकको कारण उनीहरूलाई त्यति मतलब गर्दैनन् वा जीवनको कुनै विन्दुमा आएर वैवाहिक जीवन हुन्छन् । तर क्रिसले यस्तो केही पनि गरेका थिएनन् । । त्यसैले मैले आफूले देखेको कुराबारे कहिल्यै गुनासो नगर्ने भनेर सोचेँ ‘, म्यारीले भनिन् ।
समय बित्दै जाँदा म्यारीलाई आफ्ना पतिको विवाहेतर सम्बन्धसँगै जीवन बिताउने बानी परिसकेको थियो । क्रिसले नयाँ-नयाँ अफेयर बनाउथे । तर म्यारीले हरेक अफेयर अन्तिम होला भन्दै त्यति मतलब गरिनन् ।
‘क्रिसका कम्तिमा पनि १० वटा अफेयर थिए जसबारे मलाई थाहा थियो । तर पनि म शान्त र धैर्यतापूर्वक बसेँ, यसबारे कुनै गुनासो गरिनँ । सामाजिक कार्यक्रममा परिचय दिने क्रममा अन्य महिलाहरूका आँखामा मलाई देखेर एक खालको हैरानी पैदा हुन्थ्यो । एक दिन रेस्टुरेन्टमा एक महिलाले क्रिसलाई लामो समयसम्म पछ्याइन्’, म्यारीले भनिन् ।
‘यसबाट क्रिस निकै असहज महसुस गरिरहेका थिए । त्यसपछि मैले बीचमा आएर क्रिसलाई अँगालो मारे । यो देखेर ती महिलाको मन दुख्यो र उनी त्यहाँबाट गइन् । मलाई भने यो सब देखेर रमाइलो लागिरहेको थियो । त्यसदिनदेखि अन्यम महिलाले म आफ्नो वैवाहिक जीवनलाई लिएर सचेत छु भन्ने थाहा पाएँ’, म्यारीले थपिन् ।
उक्त घटना घटेको आठ सालपछि नाति जन्मेको समयमा पनि क्रिसको नयाँ अफेयर रहेको थाहा पाएको र क्रिसले पनि आफ्नो अफेयरलाई स्वीकारेको म्यारी बताउँछिन् । त्यतिबेला उनलाई क्रिसले अचानक भनेका थिए, ‘मैले धेरै कुरा गरेको छु जुन सही होइन ।’
तर क्रिसको उक्त कुरा सुनेपछि अब ती सबै कुराबारे गनगन गर्दा कुनै अर्थ नहुने भन्दै म्यारीले उत्तर दिइन् । ‘मलाई यति थाहा छ कि क्रिस मेरो साथमा छन् र पूरा जीवन मलाई नै साथ दिनेछन्’, उनले जवाफमा भनेकी थिइन् ।
The post पतिका कैयौं ‘अफेयर’ थाहा पाएर पनि खुसी छिन् यी पत्नी appeared first on Sajha Post.