Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

तपाईलाई थाहा छ बदाम खानुका फाइदाहरु ?

$
0
0

काठमाडौं, ८ मंसिर । जाडो मौसमा पाइने फल मध्ये बदाम पनि एक हो । जाडोयाममा मानिसहरु घाममा बसेर बदाम खान मन पराउँछन् । त्यस्तै बदाम खानु मानव स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

peanut

यी हुन् बदाम खानुको फाइदाहरु 

१. कपालको सुन्दरताको लागि बदाम खानु राम्रो मानिन्छ । बदाममा कपाललाई सुन्दर बनाउने तत्वहरु पाइने भएकाले कपालका लागि बदाम लाभदायक हुन्छ । बदाममा लार्जिनाइन भन्ने तत्व हुन्छ जसले कपाल बृद्धिका साथै कपाल झर्नबाट समेत जोगाउँछ ।

२. बदाममा पाइने केही तत्वहरु मध्ये फाइटोस्टोरल पनि एक हो । यसले ट्युमरलाई नियन्त्रणमा राख्न सहयोग गर्छ, जसले क्यान्सर हुनबाट बचाउँछ ।

३. बदाममा तेलको मात्रा हुने भएकाले पेटसँग सम्बन्धित रोगीहरुलाई निको बनाउँछ । यसको नियमित सेवनले एसिडिटीको समस्याबाट छुटकारा बनाउँछ ।

४. गर्भवती महिला तथा शिशुको स्वास्थ्यमा पनि यसले फाइदा पुर्‍याउँछ ।

५. यसको सेवनले छाला तथा हाडलाई मजबुद बनाउँछ । साथै सधैं बदाम खाएमा हर्मोनलाई पनि सन्तुलनमा राख्न सहयोग गर्छ ।

The post तपाईलाई थाहा छ बदाम खानुका फाइदाहरु ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles