जोसुकैको मनमा पनि कुनै न कुनै बेला यो प्रश्न अवश्य उब्जिन्छ, के वैवाहिक जीवनमा शारीरिक सम्बन्ध अनिवार्य नै छ ? अन्तरंग सम्बन्धले विवाहमा के असर पर्छ ? के कुनै वैवाहिक जीवनको सफलता र असफलता मात्रै यसमा निर्भर छ ? के सेक्सविनाको सम्बन्ध सफल हुँदैन ?
शारीरिक सम्बन्धलाई लिएर सबैको आफ्नो सोच हुन्छ । मूल रुपमा प्रेम व्यक्त गर्ने यो एक तरिका हो । जब मानिस एकअर्कालाई लिएर पूरा आश्वस्त हुन्छन्, तब उनीहरुको बीचमा भरोसा पैदा हुन्छ । यसपछि मात्रै कुनै पनि जोडी शारीरिक सम्बन्धका लागि तयार हुन्छ ।
हाम्रो समाजमा विवाहपछिको शारीरिक सम्बन्धलाई मात्रै जायज मानिन्छ । पश्चिमा मुलुकमा जस्तो लिभ इन रिलेशनलाई यहाँ राम्रो मानिँदैन । यस्तो अवस्थमा वैवाहिक जीवनलाई सफल बनाउन किन शारीरिक सम्बन्ध आवश्यक छ भन्ने जान्नु जरुरी छ ।
१. प्रेम व्यक्त गर्न
कुनै पनि वैवाहिक सम्बन्धलाई सुमधुर बनाउने र प्रेम दर्शाउने यो सबैभन्दा प्रभावकारी र सहज उपाय हो । अक्सर देखिन्छ, जसको सेक्सुअल रिलेसन राम्रो हुँदैन, उनीहरु छिट्टै एक अर्काबाट टाढा हुने गरेका छन् । डिभोर्समा पनि सबैभन्दा बढी यही कुराले भूमिका खेल्ने गरेको बताइन्छ ।
२. भरोसाको प्रतिक
सेक्सुअल लाइफबाट यो पनि थाहा हुन्छ कि दुईजनाको बीचमा कत्तिको समझदारी छ । एकअर्का प्रतिको रुची र एक अर्काको बारेमा के सोच्छन् ? यो पनि यही समयमा जान्न सकिन्छ । त्यसैले सेक्स लाईफ कुनै पनि जोडीका लागि उनीहरुबीचको भरोसाको प्रतिक बन्ने गरेको ।
३. तनाव हटाउन र झगडा सुल्झाउन
कैयन अनुसन्धानले यो पुष्टि गरिसकेको छ, सेक्सले तनाव कम गर्छ । साथै यसले श्रीमान-श्रीमतीबीचको स-साना झगडा सुल्झाउन पनि भूमिका खेल्ने गरेको छ ।
४. असुरक्षाको भावना हटाउन
सेक्सुअल लाइफले पार्टनरको बीचमा भरोसा बढाउँछ । साथै एक अर्काको बीचमा कुनै असुरक्षाको भावना छ भने पनि हटाउन मद्दत गर्छ ।
५. स्वास्थका लागि फाइदाजनक
विभिन्न अनुसन्धानको निष्कर्षलाई मान्ने हो भने स्वस्थ जीवनका लागि सेक्स एकदमै आवश्यक छ । सेक्सका दैरान जुन हर्मन उत्पादन हुन्छ, त्यसले शरीरको प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । यस दौरान १ मिनेटमा करिब ५ क्यालोरी खर्च हुन्छ, जुन व्यायाम गर्नुजस्तै फाइदाजनक हो ।
The post वैवाहिक जीवनमा यसकारण जरुरी छ शारीरिक सम्पर्क appeared first on Sajha Post.