एजेन्सी, ५ पुस । तपाईं वा तपाईंका कोही निकटष्ठ मुटु रोगबाट पीडित हुनुहुन्छ भने एक्लै नबस्नुस्/एक्लै नछाड्नुस् । यो सुझाव हो हालसालै सम्पन्न एक अनुसन्धानको ।
पछिल्लो एक अनुसन्धानका अनुसार एक्लै रहने, बस्ने मुटुरोगीलाई मृत्यूको खतरा बढी हुने निष्कर्ष निकालिएको छ । जर्नल हटमा प्रकाशित अनुसन्धानको उक्त नतिजामा भनिएको छ, ‘मुटुरोगले पीडित र एक्लो रहनेमा मृत्यू दरको खतरा बढ्छ । एक्लोपनाले पीडित व्यक्तिमा कोरोनरी मुटुरोग र मृत्यूको खतरा बढी हुन्छ ।’
उक्त अनुसन्धानमा डेनमार्कका बिरामीलाई सहभागी गराइएको थियो । सन् २०१३ र २०१४ को बीच एक वर्षको अन्तरमा सहभागी गराइएका मध्य धेरैजसो पुरुष रहेको अध्ययनमा स्वास्थ्यको परिणामलाई हेरिएको थियो । सहभागी बिरामीको औसत आयू ६६ वर्ष थियो ।
अनुसन्धानअनुसार एक्लो हुनेमा चिन्तित हुने खतरा तीनगुणाले बढ्छ । यसबाहेक चिकित्सकलाई एक्लोपनाबारे बताउनेहरुको एक वर्षको अन्तरमा उपचार भए पनि मृत्यू भएको अनुसन्धानको क्रममा पाइयो । एक्लोपनाले गर्दा उनीहरुको स्वास्थ्य एक वर्षभित्र बिग्रिँदै गयो ।
उक्त अनुसन्धानले एक्लोपना भएको मुटुरोगीको मृत्यूदर तीन गुणा बढेको देखाएको छ । एक्लो रहनु कतिपय व्यक्तिमा एक्लोपना अनुभव गर्नुसँग मात्र जोडिएको छैन ।
अनुसन्धानका अनुसार एक्लो रहने पुरुषमा ३९ प्रतिशतभन्दा बढी मुटु स्वास्थ्यको जोखिम जोडिएको थियो । एक्लोपना र सामाजिक रुपमा अलग रहनुले हृदयाघात र एन्जाइनाको जोखिम २९ प्रतिशतसम्म बढाउन सक्छ । यस्तै स्ट्रोकको जोखिम ३२ प्रतिशत बढाउन सक्५ ।
The post मुटुरोगी हुनुहुन्छ भने एक्लै नबस्नुस्ः अध्ययन appeared first on Sajha Post.