Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

टेलिमेडिसिन सेवा देशैभरीका अस्पतालमा पुर्‍याउने सरकारको तयारी

$
0
0
सांकेतिक तस्बिर

काठमाडाैं, ४ मंसिर ।  सरकारले टेलिमेडिसिन अर्थात् भिडियोको माध्यमबाट गरिने उपचारलाई देशैभरीका जिल्ला अस्पतालमा छिट्टै नै पुर्‍याउने तयारी गरेको छ । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले सुरु भएको टेलिमेडिसिन सेवा अब ७७ जिल्ला अस्पतालमा सुरु गर्न लागेको सरकारले जनाएको हो ।

२०७१ सालदेखि नै रोल्पा, दार्चूला लगायत ३५ जिल्लामा टेलिमेडिसिन सेवा सञ्चालनमा आएको भएपनि उपकरणको अभाव, इन्टरनेटको असुविधा, संरचनामा फेरबदल भएसँगै सेवा प्रभावकारी भएको छैन । अब भने कार्यविधि नै बनाएर सरकारले टेलिमिडिसिन सेवालाई सबै जिल्ला अस्पतालमा पुर्‍याउने स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले  बताए ।

टेलिमेडिसिन सेवामा आपत्कालिन अवस्थाको विरामीलाई कसरी उपचार गर्ने वा कहाँ लैजाने भन्ने विषयमा पनि छलफल गर्न सकिन्छ । सानै उपचारको लागि शहरका अस्पताल धाउनुपर्ने वा गम्भीर प्रकृतिका रोग लाग्दा समेत थाहा नहुने समस्याबाट नागरिकलाई छुटकारा दिन टेलिमेडिसिन पद्धति प्रभावकारी हुने विषेशज्ञहरु बताउँछन् । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै टेलिमिडिसिन मार्फत् दुर्गमका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने बताएको थियो ।

The post टेलिमेडिसिन सेवा देशैभरीका अस्पतालमा पुर्‍याउने सरकारको तयारी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles