काठमाडौं, १७ कात्तिक । मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई सरकारले नियुक्त गरेको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डा. कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालाले यसअघि त्रिवि शिक्षण अस्पताल र गंगालाल हृदय केन्द्रमा निर्देशक रहेर सेवा गरिसकेका छन् ।
The post मेडिकल काउन्सिल अध्यक्षमा डा. भगवान कोइराला appeared first on Sajha Post.