ओखलढुंगा, ८ असोज । ओखलढुंगामा १० जनामा डेंगुको संक्रमण देखिएको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरका दश जनामा एकै पटक डेंगुको संक्रमण देखिएको हो ।
निरन्तर उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, खाना अरुची र पेट गडबड हुन थालेपछि जाँच गर्दा उनीहरुमा डेंगुको संक्रमण देखिएको चिकित्सक नैनबहादुर गौतमले बताए । यसका साथै कटारी नगरपालिका–१४ घुर्मि उदयपुरमा पनि तीन जनामा रोगको संक्रमण देखिएको छ ।
The post १० जनामा एकैपटक डेंगुको संक्रमण appeared first on Sajha Post.