एजेन्सी । यस्ता केही खानेकुरा हुन्छन्, जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् । यी खाने कुराको बढी प्रयोगले शरीरमा कमजोरीपना अाउने, मोटोपना बढ्ने, मुटु तथा मृगौलामा समस्याहरु अाउने हुन सक्छन् ।
भारतीय एक अायुर्वेदका विशेषज्ञ डा. एस के यादवका अनुसार यी १० खाने कुरा जुन मर्दले खान नहुने अर्थात कम खानुपर्ने बताएका छन् ।
१. पुदिना
पुदिनामा मेंथोल नामक तत्व हुन्छ । यसको बढी प्रयोगले विपरीत लिङ्गीप्रति यौन प्रदर्शनमा प्रभाव पार्छ ।
२. डेरीजन्य उत्पादन कम खानुस्
सन् २००३ मा जोन होपकिन्स विश्वविद्यालयको एक अनुसन्धानका अनुसार डेरीजन्य खाने कुराको बढी प्रयोगले प्रोस्टेट क्यान्सर हुने सम्भावना बढी हुने गरेको पाइएको छ ।
३. चिल्लो तथा जंक फुड
बढी मात्रामा चिल्लोपना तथा बाहिर राखिने जंक फूडको सेवनले कोलेस्ट्रोलको मात्रा बढ्ने क्यालिफोर्निया विश्वविद्यालयको एक शोधमा उल्लेख गरिएको छ ।
४. कफी तथा कोल्ड ड्रिङ्कस्
कफी तथा गर्मी महिनामा खाइने चिसो पेय पदार्थको सेवन पनि हानिकारक हुने गरेको एक अध्ययनले देखाएको छ । यसको बढी प्रयोगले बीर्य उत्पादनमा कमी अाउँछ ।
५. अल्कोहल
अमेरिकाको नेशनल इन्सटिच्युट अफ हेल्थका अनुसार अल्कोहलले पुरुषमा हुने सन्तानोत्पादनको क्षमतामा ह्रास आउँछ ।
source: bhaskar.com
The post मर्द हो भने नखानुहोस् यी ५ खानेकुरा appeared first on Sajha Post.