Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यसरी सजिलै छाड्न सकिन्छ धूमपानको लत

$
0
0

धूमपान स्वास्थ्यका लागि हानिकारक छ । यो जान्दाजान्दै पनि मानिसहरु यसको लतमा परिरहेका हुन्छन् । कतिपयले चाहेरपनि यसबाट छुटकारा पाउन सकेका हुँदैनन् भने कतिपयले चाहेरै धूमपान गरिरहेका हुन्छन् । धूमपानबाट छुटकारा पाउनका लागि सबैभन्दा महत्वपूर्ण कुरा त त्यसलाई छाड्ने प्रतिवद्धता नै हो । म अब कुनै पनि हालमा धूमपान गर्दिन भनेर मनदेखि प्रण गर्ने हो भने केही हदसम्म यसबाट टाढा रहन सकिन्छ । तर पनि आदत हटाउन भने निकै गाह्रो पर्नसक्छ । त्यस्तो अवस्थामा केही कुराको सेवन गर्नुभयो भने धूमपानको तलतल कम गर्न सहयोग पुग्छ । तब तपाईं वास्तवमै भधूमपानबाट टाढा रहन सक्नुहुन्छ ।

जौको चिउरा
जौले शरीरमा हुने घातक विषाक्त पदार्थ बाहिर निकालेर धूमपानको चाहना कम गर्न मद्दत गर्छ । धूमपान छोडेपछि हुने असहज परिस्थितिलाई कन्ट्रोल गर्न पनि यसले भूमिका खेल्छ ।

 

पानी

शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न पानी निकै नै महत्वपूर्ण हुन्छ । खाना खानुभन्दा १५ मिनेट अघि एक गिलास पानी पिउँदा शरीरमा एसिडको मात्रा नियन्त्रित हुन्छ । यसले धूमपानको चाहना कम गर्दछ । थोरै थोरै गर्दै दिनभरी नै पानी पिउनु आवश्यक हुन्छ ।

 

अंगुरको बियाँ

अंगुरको बियाँको रस बनाएर सेवन गर्दा शरीमा एसिडिटीको मात्रा कम गर्छ । यसले धूमपानका कारण शरीरमा पुगेको क्षतिपूर्ति गर्ने काम गर्दछ ।

 

मह

महमा भिटामिन, एन्जाईम र प्रोटिन हुन्छ । नियमित मह सेवन गर्दा सजिलैसँग धूमपानको आदतबाट छुटकारा पाउन मद्दत मिल्छ । दिनहुँ शुद्ध मह सेवन गर्दा सकारात्मक नजिता प्राप्त हुन्छ ।

 

मुला

मुला खानाले ‘चेन स्मोकर्स’ले समेत लतबाट छुटकारा पाउन सक्छन् । अझ महसँग मिलाएर खाएमा छिट्टै राम्रो नतिजा प्राप्त हुन्छ ।

 

रातो खुर्सानी

रातो खुर्सानीले श्वासप्रश्वास प्रणालीलाई बलियो बनाउने काम गर्छ । यसले धूमपानको चाहनालाई पनि कम गरिदिन्छ । पिसेको रातो खुर्सानी तरकारीमा मिसाएर खाएमा तुरुन्त चुरोटको लत कम गर्छ । यसको प्रभाव लामो समयसम्म पर्छ ।

The post यसरी सजिलै छाड्न सकिन्छ धूमपानको लत appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles