Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

डेंगुको संक्रमण फैलँदै, सतर्क रहन आग्रह

$
0
0


मकवानपुर, ३१ साउन । मकवानपुरको हेटौडामा डेंगुको संक्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अहिलेसम्म एक सय ६७ जना डेङ्गुका बिरामी भेटिएका छन् ।

हेटौडा डेंगु संक्रमणको उच्च जोखिममा रहेकाले सतर्क हुन स्वास्थ्य कार्यालय प्रमुख शशिकान्त सिंहले आग्रह गरे । डेंगुको संक्रमण हेटौंडाको वडा नम्बर ४ मा धेरै भएको छ । वडा नम्बर चारमा मात्रै ७० जना भन्दा धेरैमा संक्रमण भेटिएको हो ।

हेटौडा अस्पतालमा आउने बिरामीहरुको लागि निःशुल्क डेङ्गुको परीक्षण हुने व्यवस्था गरिएको छ । केन्द्रबाट तीनसय परीक्षण किट मगाए पनि ९० वटा मात्र प्राप्त हुँदा डेंगु परीक्षण किटको पनि अभाव व्यहोर्नु परेको अस्पतालले जनाएको छ ।

संक्रमणलाई फैलिन नदिन किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाले पानी जम्न नदिने उपाय बारे जनचेतनामूलक कार्यक्रम गरिरहेको जनाएको छ । कार्यालयले ४ दिन लगाएर १ सय १ घरमा पुगेर गरेको अध्ययनले ८५ वटा घरमा डेंगु संक्रमण गराउने लामखुट्टे भेटिएको जानकारी दिएको छ ।

The post डेंगुको संक्रमण फैलँदै, सतर्क रहन आग्रह appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles